झापा , कात्तिक १७ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिष्ठानको इमर्जेन्सीमा कार्यरत २८ बर्षीय रेडियोग्राफरको आज साँझ करिब ६ बजेतिर मृत्यु भएको हो । राजविराज घर भएका रेडियोग्राफरको मृत्युपश्चात पिसिआर रिपोर्ट पोजेटिभ आएको एक चिकित्सकले जानकारी दिए । मृतकलाई दिशा पातलो हुने, ज्वरो आउनेलगायतका समस्या भएपछि इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको हिजो गरिएको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।
मृतकलाई आज दिउँसो एक्कासी सास फेर्न गाह्रो भएको थियो । हिजो रिपोर्ट नेगेटिभ आएपनि लक्षण सबै कोरोनासँग मिल्दो भएकोले उनको मृत्युपश्चात पिसिआर गर्दा रिपोर्ट पोजेटिभ आएको इमर्जेन्सीमा कार्यरत एक चिकित्सकले जानकारी दिए । यसअघि पनि प्रतिष्ठानमा कोरोना संक्रमण भएकी एक महिला कर्मचारीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्