बिर्तामोड ,कार्तिक १८ । झापा बिर्तामोडका अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा शिक्षासेवी सनत ओली रहेका छन् ।

गएराति ११ बजे काठमाडौको हेम्स हस्पिटलमा ६७ वर्षिय ओलीको उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएको छ । बिगत तीन सातादेखि कोरोनाका कारण बिरामी परेका ओलीलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा राखेर उपचार गरिएको थियो। त्यहाँ संभव नभएपछि काठमाडौ. लगिएको हो । बुद्धशान्ति गाउँपालिका जयपुर निवासी ओली केही वर्षदेखि बिर्तामोड ५ मा बस्दै आएका थिए । लामो समय शिक्षण सेवामा रहेका ओली आदर्श माध्यमिक विद्यालय जयपुरका पूर्व प्रधानाध्यापक हुन् । उनी ओली बंश समन्वय समितिका केन्द्रीय महासचिव समेत रहेका थिए ।नेपाली काँग्रेसका क्रियाशील सदस्य ओली बिर्तामोड नगर समितिका सदस्य र ५ नं वडा कार्य समितिका सल्लाहकार रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्