झापा , कात्तिक १८ । कास्कीबाट प्रतिनिधिसभा सदस्य बनेका सूर्यबहादुर केसीको गएराति निधन भएको छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका ६३ वर्षिय उनको राति घरमै निधन भएको हो ।उनी लामो समयदेखि सुगर र प्रेसरका बिरामी थिए । लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उनी ३ वर्षअघि प्रतिनिधिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । केसी पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपञ्च हुन् । उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक उनको जलविद्युत क्षेत्रमा समेत ठूलो लगानी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्