झापा, कात्तिक १८ । प्रदेश –१ मा कोरोना संक्रमितको संख्या २० हजार नजिक पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबारसम्म प्रदेशमा १९ हजार ७९१ कोराना संक्रमित रहेका छन् । जसमध्ये आठ हजार ५२ जना होम आइसोलेसनमा छन् ।


प्रदेश– १ का घना जनसंख्या रहेको तराईका तीन जिल्ला मोरङ, सुनसरी र झापा सबैभन्दा बढी संक्रमित रहेका छन् । मोरङमा नौ हजार ३ सय ५१, सुनसरीमा ६ हजार ५ सय २९, झापामा दुई हजार २ सय ९८ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रदेशका विभिन्न कोभिड अस्पतालहरुको आइसियुमा ५३ जनाको उपचार भइरहेको छ । त्यसैगरी २० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रदेशमा कोरोनाका कारण अहिलेसम्म १ सय ९२ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा कोरोनामुक्त हुनेको संख्या ११ हजार ५ सय ४७ पुगेको छ । हालसम्म १ लाख ६२ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्