झापा, कात्तिक १८ । दमकमा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले जोखिम नियन्त्रण गर्न तत्काल बन्दाबन्दी गर्नु पर्ने माग स्थानीयले गरेसँगै मंगलबार (आज) दमक नगरपालिकाले सर्वदलिय बैठक राखेको छ । सर्वदलिय बैठकबाट बन्दाबन्दी गर्ने विषयमा सहमति नजुटेको बैठकमा सहभागीले जनाएका छन् ।


‘सर्बदलिय बैठकबाट कुनै सहमति जुट्न सकेन’ उनले भने, ‘बैठकले कुनै विषयमा निर्णय गरेको छैन, केही सम्बन्धित सरोकारवाला बसेर कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय हुने छ ।’ दमकमा पछिल्लोसमय संक्रमणसंगै मानिसको मृत्यु दर बढ्दै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्