दमक ,कात्तिक १८ । दमकमा आज एक युवकको बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको छ ।
दमक ४ कृष्णमन्दिरका नन्द थेवेका छोरा २९ बर्षिय विश्वदिप थेबेको बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
बाटो किनारमा बेहोस भएर ढलेको अवस्थामा थेवेलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई तत्काल उद्धार गरी दमक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितले जानकारी दिए । घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।