दमक, कात्तिक १९ । महाधिबेशनको विषयलाई लिएर धिमाल जातिय संस्थामा लफडा शुरु भएको छ । गत कात्तिक १३ देखि १५ गतेसम्म दमकमा हुने भनिएको छैठौँ राष्ट्रिय महाधिबेशनलाई लिएर धिमाल जातिय विकास केन्द्रमा लफडा शुरु भएको हो । २०५० सालमा स्थापित सो केन्द्र धिमालको एक मात्र जातिय संस्था हो ।


मुख्यतय संस्था भित्र सत्तारुढ नेकपा र नेकपा बाहेकका पार्टीहरु बीचको समूहले महाधिवेशनको विषयलाई लिएर आन्तरिक द्धन्द सार्वजनिक भएको हो । दुवै समूहले सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोपमा उत्रिएका छन् ।


यसैबीच आज दमकमा महाधिबेशन आयोजक समिति समेत रहेको वर्तमान केन्द्रीय समितिले पत्रकार सम्मेलन गरी सहज वातावरण आउन साथ महाधिबेशन सम्पन्न गरिने स्पष्ट पारेको छ । सहमतिमा नै महाधिबेशन स्थगित गरिएको र तर केहि व्यक्ति र समूहले भने संस्था विरुद्धनै खनिएको अध्यक्ष तेजबहादुर धिमालले बताएका छन् । उनले भने, –‘जातिय संस्था भित्र राजनीति छिराउने काम हुदै छ, त्यसले कसैलाई हित गर्देन ।’


संस्थाको ७ सदस्यीय सल्लाहकार समिति मध्ये पूर्व अध्यक्ष लोकबहादुर, रामबहादुर, नगेन्द्र वहादुर, मोहन र रतनबहादुर धिमालले गत कातिक १५ गते बैठक बसेर महाधिबेशन गर्न असक्षम भएको भन्दै अब विधान अनुसार सल्लाहकार समितिले महाधिबेशन गर्ने निर्णय गरेपछि विवाद सतहीमा आएको हो । केन्द्रीय समितिको मातहतमा रहेको सल्लाहकार समितिले महाधिबेशनको विषयलाई लिएर गरेको निर्णय विधान बमोजिम नभएको महासचिव केदार धिमालकमे जिकीर छ । उनले भने,– ‘कोरोना जोखिमका कारण सहमतिमै महाधिबेशन स्थगित गरिएपनि अहिले यसलाई लफडा बनाउन खोज्नु राम्रो होइन् ।’

२०७३ फागुन १३ देखि १५ गते सम्म चलेको पाँचौ महाधिबेशनले तेजबहादुरको अध्यक्षतामा ५५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो । तीन वर्षे कार्यकाल रहने समितिले गत साउन ३१ गते छैठौं राष्ट्रिय महाधिबेशन दमकको रोयल पार्टी प्यालेसमा गर्ने निर्णय गरेको थियो । महाधिबेशन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी गरिएपनि कोरोना असहजका कारण स्थगित गर्नु परेको महाधिबेशन आयोजक समितिको दावी छ ।


माहाधिबेशन उद्घाटन सत्रको तयारी भईरहदाँ स्थानीय प्रशासन र उपस्थित प्रतिनिधिको अनुरोधका कारण महाधिबेशन स्थगित गरिएको भएपनि अहिले महाधिबेशन गर्ने नसक्ने असक्षम,निष्कृय आयोजक समितिलाई हस्तक्षेप गरि सल्लाहकार समितिको अगुवाईमा महाधिबेशन गर्ने भनी गरिएको निर्णयले समग्र धिमालहरुमाथि चोट पुगेको अध्यक्ष तेजबहादुरको दाबी छ । उनले अनावश्यक हल्लाको पछि नलाग्न आम धिमाल समुदायसंग आनुरोध समेत गरे । हामी धिमालहरुको एकता, सहकार्य कायम गर्न प्रतिवद्ध भएको उनले प्रष्ट पारे ।


झापा र मोरङ्गमा रहेका आदिवासी धिमालहरु करिव ५० हजारका हाराहारीमा छन् । तर २०६८ को जनगणनामा भने धिमालहरुको जनसंख्या २६ हजार २ सय ९८ मात्र रहेको उल्लेख छ । जातिय संस्थाले भने ती दुई जिल्लाका १० पालिका र चार जिल्लासम्म आफनो संगठन विस्तार गरिसकेको छ । महाधिबेशनमा तीनै जिल्ला, पालिका ,१ सय ३ वटा गाँउटोलसहित ८ वटा भातृ संस्था गरि ४ सय २८ जना प्रतिनिधि रहेका थिए ।

नेतृत्वमा लोकबहादुर र कृष्ण

जातिय संस्थामा राजनीति पार्टीले समेत आफनो पकड बनाउन चाहेका कारण पार्टी भित्रका धिमाल अगुवाहरु खुलेर नेतृत्वका लागि खुलेर लाग्दैआएका छन् । वर्तमान केन्द्रीय समितिमा कांग्रेस, जनता समाजवादी पार्टीको बाहुल्यता छ । त्यसैले सत्तारुढ नेकपा भने अवको नेतृत्व आफनो वनाउन कसरतमा जुटेको छ । महाधिबेशनमा दुवै समूहले आ–आफना प्यानलनै बनाएर उम्मेदवार सार्वजनिक समेत गरिसकेका थिए ।


नेकपा निकटका धिमालहरुले पूर्व अध्यक्ष लोकबहादुर फेरि अध्यक्ष उठाएका छन् भने कांग्रेस, जनता समाजवादी निकटका धिमालहरुले भने कृष्णबहादुर धिमाललाई उम्मेदवार बनाएका थिए । दुवै प्यानलले आफनो टिम बनाएर धिमालहरु वीच पुगिसकेका थिए । सामाजिक व्यक्तित्व कृष्णबहादुर दमक ४ स्थित कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक समेत हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्