बिर्तामोड, कात्तिक १९ । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आठौँ साधारणसभाको पूर्वसन्ध्यामा आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरी संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल, सल्लाहकार संयोजक भगिरथ आले मामा लगायतले प्रगति प्रतिवेदन सार्वजनिक गरे । २०६९ सालमा विधिवत् रुपमा दर्ता भएर १८ लाख ५० हजार रुपैयाँमा कोरोबार सुरु गरेको संस्थाले हाल एक अर्ब रुपैयाँभन्दा बढीको वासलात बनाएको संस्थाका उपाध्यक्ष पृथ्वी ओलीले जानकारी दिए । आर्थिक वर्ष २०७६—०७७ मा कूल कारोबार ७७ करोड ५६ लाख २ हजार ४२१ रुपैयाँ गरेको संस्थाले ४९ लाख ४ हजार ४२१ रुपैयाँ नाफा कमाएको छ ।

झापा जिल्लाभरि कार्यक्षेत्र रहेको हाम्रो नेपाल साकोसले १५ वटा सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको छ भने चालू आर्थिक वर्षमा ५ वटा सेवा केन्द्र विस्तारको लक्ष्य लिएको छ । ३७ जना शेयर सदस्यबाट सुरु भएको संस्थामा हाल १० हजार ९६२ जना शेयर सदस्य रहेका छन् । जसमध्ये ५ हजार ९०२ महिला र ५ हजार ६० जना पुरुष सदस्य रहेका छन् । हालै दमकस्थित कान्तिपुर साकोससँग एकीकरण गरेको हाम्रो हाम्रो नेपालमा १५७ जना कर्मचारी रहेका छन् ।
संस्थाका सचिव विपी लामिछानेले सञ्चालन गरेको कार्यक्रममा संस्थाको विभिन्न सेवा केन्द्रका संयोजक, इकाइगत संयोजकहरुको उपस्थिति रहेको थियो । कोरोना भाइरसको प्रभावका कारण सहकारी विभागले तोकेको ढाँचामा हाम्रो नेपाल साकोसले साधारणसभा सम्पन्न गर्ने भएको हो । जसका लागि भोलिदेखि पाँचवटा इकाइगत साधारणसभा सुरु हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्