एजेन्सी । जो बाइडनले आफू आफ्ना मतदाताको मात्र नभएर सबै अमेरिकी नागरिकको राष्ट्रपति बन्ने बताएका छन् ।

मतपरिणामपछिको टकरावको आशंकालाई कम पार्ने प्रयास गर्दै बाइडनले त्यस्तो बताएका हुन् ।
बाइडनले आफ्नो जितको घोषणा गरिसकेका छैनन् । अन्तिम मतपरिणाम आएपछि मात्र आफूलाई जितको भरोसा हुने उनले बताए । मिशिगनको परिणामले पनि बाइडनको पक्षमा देखाइरहेको छ । समाचार एजेंसी एपीले मिशिगनमा बाइडनको जित हुने जनाएको छ । बाइडनलाई २७० इलेक्टोरल मत चाहिन्छ । मिशिगनपछि बाइडन जित नजिक पुग्ने देखिएका छन् ।