भद्रपुर , कात्तिक २० । भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याएर लुकाई राखेको अवस्थामा प्रहरीले तीन लाख मूल्य बराबरको पटाका बरामद गरेको छ ।

हिजो दिउँसो झापाको भद्रपुर ५ मा लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सो पटाका बरामद गरेको हो । बरामद गरिएका बिभिन्न प्रकारका पटकाजन्य बस्तुहरु आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय भदरपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्