बिर्तामोड, कार्तिक २० । एघारजना स्वास्थ्यकर्मीसहित बिर्तामोडमा आज २९ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिने स्वास्थ्यकर्मीमा ९ जना निजीका र दुईजना सरकारीका रहेका छन् । बिर्तामोडमा संचालित विभिन्न अस्पतालका ९ जना र बिर्तामोड नगरपालिकाका दुईजना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए । संक्रमितहरु १५ महिला र १४ पुरुष हुन् । उनीहरु वडा नं १ देखि ७ नं वडाका भएको सापकोटाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्