झापा , कात्तिक २० । झापामा आज एकैदिन ११९ जनालाई कोरोना संक्रमण देखिएको छ ।

संक्रमण फैलिएका जिल्लाका ११ पालिकामध्ये सबैभन्दा बढी संक्रमित दमकका छन् । दमकमा २१ महिला र २७ पुरुष गरी ४८ जनामा संक्रमण पुष्टि भएको हो । त्यसपछि बिर्तामोडमा २९ जनालाई संक्रमण देखिएको छ । एघारजना स्वास्थ्यकर्मीसहित बिर्तामोडमा आज २९ जना कोरोना संक्रमित थपिएका हुन् । थपिने स्वास्थ्यकर्मीमा ९ जना निजीका र दुईजना सरकारीका रहेका छन् । बिर्तामोडमा संचालित विभिन्न अस्पतालका ९ जना र बिर्तामोड नगरपालिकाका दुईजना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए । संक्रमितहरु १५ महिला र १४ पुरुष हुन् । उनीहरु वडा नं १ देखि ७ नं वडाका भएको सापकोटाले बताए । त्यस्तै कमलका ५ महिला र ५ पुरुष गरी १० जना , भद्रपुरका ३ महिला र ३ पुरुष गरी ६ जना , गौरादहका ५ महिला र १ पुरुष गरी ६ जना , बुद्धशान्तिका २ महिला र ४ पुरुष गरी ५ जना, हल्दिबारीका १ महिला र ४ पुरुष गरी ५ जना, अर्जुनधाराका ४ पुरुष , मेचीनगरका ३ पुरुष , कनकाईका १ महिला र २ पुरुष गरी ३ जना र शिवसताक्षीमा २ महिला र १ पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको सँख्या २३६२ पुगेको छ । त्यसमध्ये १४१२ जना निको भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्