कुमरखोद, कात्तिक २१ । झापा गाउँपालिकाको कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत जिवन निरौलाको सरुवा भएको छ । उनको सरुवा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको शाखा अधिकृतमा भएको हो ।

झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधिहरु, शिक्षा शाखा प्रमुख जिवन ढकाल, कृषि शाखा प्रमुख रिता बर्देवा, स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्मा तथा कर्मचारीहरुले अधिकृत निरौलालाई फुलमाला, अविर तथा दोसल्ला आढोई सम्मानका साथ विदाई गरेका थिए ।

अधिकृत निरौला झापा गाउँपालिकामा २०७६ साल कार्तिक १४ गते हाजिर भएका थिए । विदाइ कार्यक्रममा खड्ग खरेल, प्रेम न्यौपाने, दिपेन्द्र न्यौपाने, रिता बर्देवाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन पूर्णचन्द्र मैनालीले गरेका थिए । अब झापा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा को आउने भन्ने जानकारी आईनसकेको अध्यक्ष शाहले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्