झापा , कात्तिक २१ । अर्जुनधारा माविका प्रधानाध्यापक टंक बस्नेतको निधन भएको छ ।

अर्जुनधारा ५ निवासी ५८ वर्षिय बस्नेतको आज दिउँसो विराटनगरको न्युरो हस्पिटलमा उपचारका क्रममा निधन भएको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए । उनी लामो समयदेखि बिराटनगरमा उपचाररत थिए । बस्नेतलाई कोरोना पोजेटिभ देखिएको थियो । तर, मृत्युअघि उनको रिपोर्ट नेगेटिभ आएको अर्जुंनधारा ५ का वडाध्यक्ष दुर्गा दाहालले बताए । उनले लाशलाई विराटनगरबाट ल्याउदै गरेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्