झापा , कात्तिक २२ । झापामा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुने दुवैजना महिला हुन् । बिर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिकाका एक—एकजना महिलाको मृत्यु भएको हो । बिर्तामोड वडा नं ६ की ४२ वर्षिया सुष्मा रेग्मीको उपचारका क्रममा विराटनगरको नोवेल हस्पिटलमा मृत्यु भएको हो । उनको राति ११ बजे मृत्यु भएको परिवारले जनाएको छ ।
त्यस्तै शिवसताक्षीकी अर्का कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं ६ की २५ वर्षीया युवतीको विराटनगरस्थित नोबेल हस्पिटलमै गएराति उपचारका क्रममा मृत्यु भएको हो । सतासी पोलिक्लिनिकमा ल्याब टेक्निसियनको रुपमा कार्यरत सिर्जना काफ्लेलाई दमकको लाइफलाइन हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ संभव नभएपछि विराटनगर लगिएको जनाइएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६० पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्