झापा , कात्तिक २२ । गएराति निधन भएका बिर्तामोड ४ का बृद्धको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ ।

बिर्तामोड ४ निवासी ८५ वर्षका श्रीकृष्ण चुडालको गएराति ११.४५ बजे आफ्नै घरमा मृत्यु भएको हो । उनको हिजो कनकाईको कोटीहोम ल्यावमा पिसिआर परीक्षण गरिएको थियो । मृत्युपछि उनको आज बिहान आएको रिपोर्टले पोजिटिभ देखाएको छ । योसँगै आज बिर्तामोडमा कोरोना संक्रमणबाट दुई जना र झापामा मृत्यु हुनेको सँख्या तीन पुगेको छ । यसअघि बिर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिकाका एक—एकजना महिलाको मृत्यु भएको थियोे । बिर्तामोड वडा नं ६ की ४२ वर्षिया सुष्मा रेग्मीको उपचारका क्रममा विराटनगरको नोवेल हस्पिटलमा मृत्यु भएको हो । उनको राति ११ बजे मृत्यु भएको बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले बताए । ।
त्यस्तै शिवसताक्षीकी अर्का कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं ६ की २५ वर्षीया युवतीको विराटनगरस्थित नोबेल हस्पिटलमै गएराति उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका प्रवक्ता नवीन इजमले बताए । सतासी पोलिक्लिनिकमा ल्याब टेक्निसियनको रुपमा कार्यरत सिर्जना काफ्लेलाई दमकको लाइफलाइन हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ संभव नभएपछि विराटनगर लगिएको जनाइएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६१ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्