झापा , कात्तिक २२ । झापामा शनिबार एकैदिन ७५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा २३ महिला र ५२ जना पुरुष रहेका छन् ।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी २७ जना दमक नगरपालिकाका छन् । दमकमा ६ महिला र २१ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै, बिर्तामोडका ४ महिला र १० पुरुष गरी १४ जना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट एकैदिन दुईजनाको मृत्यु भएको बिर्तामोडमा शनिबार १४ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये तीन स्वास्थ्यकर्मी हुन् । उनीहरु निजी अस्पतालका स्वास्थ्यकर्मी भएको जनाइएको छ । योसँगै बिर्तामोडमा कोरोना संक्रमितको सँख्या ४३१ पुगेको छ । कोरोना संक्रमणबाट बिर्तामोडमा एक बृद्ध र एक महिलाको शुक्रबार राति मृत्यु भएको हो । बिर्तामोड ६ की ४२ वर्षिया सुष्मा रेग्मी र वडा नं ४ का ८५ वर्षिय श्रीकृष्ण चुडालको मृत्यु भएको हो । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ९ पुगेको छ । यसैगरी भद्रपुर नगरपालिकामा ४ महिला र ९ पुरुष, कमल गाउँपालिकामा ४ महिला २ पुरुष, कनकाईमा ५ पुरुष, शिवसताक्षी र बुद्धशान्तिमा १–१ महिला र १–१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।यस्तै, मेचीनगरमा ३ पुरुष, अर्जुनधारा र बाह्रदशीमा १–१ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।