दमक,कार्तिक २२ । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राईलाई पितृशोक परेको छ ।

उनका ९९ बर्षिय बुवा धनबल राईको आज राति ८ बजेतिर कमल ६ स्थित आफनै निवासमा निधन भएको हो ।केही दिनयता उनी शारीरिक रुपमा अस्वस्थ्य थिए । मृतक लोकतन्त्रका पुराना योद्धा भएको बताईएको छ । २००७ र २०१५ सालमा भएका परिवर्तनका आन्दोलनमा उनले बहुदलका पक्षमा सक्रिय योगदान पुर्याएका थिए ।
उनका एक श्रीमती ४ छोरा र २ छोरी छन् । दिपेनवाला कान्छा छोरा हुन् । राजनीतिसंगै सामाजिक क्षेत्रमा क्रियाशील युवा व्यक्तित्व दिपेनवाला आदिवासी रंगशाला स्मृति प्रतिष्ठानका महासचिव , नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सचिव लगायतका विभिन्न सामाजिक संस्था र सहकारीमा समेत आवद्ध रहेका छन् ।



