भद्रपुर , कात्तिक २३ । पूर्व गाविस सचिव एवं भद्रपुर जेसिजका पूर्व अध्यक्ष कुमुदचन्द्र झाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

भद्रपुर ५ निवासी ६३ वर्षिय झाको आफ्नै घरमा बिहान ४.१५ बजे मृत्यु भएको हो । उनले कात्तिक २१ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरेको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए । झाको मृत्यु भएपछि उनको रिपोर्ट आज बिहान अस्पतालबाट मगाएको श्रेष्ठले बताए । झा भद्रपुर जेसीजका सन् १९९६ का अध्यक्ष एवम् नेपाल जेसिज का पूर्व राष्ट्रिय उपाध्यक्ष रहेका थिए । उनले लामो समय गाविस सचिव भएर काम गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्