झापा , कात्तिक २३ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका वडा नं ६ की ८१ व्र्षिया खरेल थरकी बृद्धा रहेकी छन् । उनको आज विहान ६.३० बजे घरमै मृत्यु भएको वडाध्यक्ष लोकनाथ गौतमले बताए । हिजो विराट मेडिकल कलेज विराटनगरमा गरेको पिसिआर परीक्षणमा उनलाई पोजेटिभ देखिएको थियो । आजै भद्रपुर ५ मा एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज अहिलेसम्म झापामा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्