माई, कात्तिक २३ । इलामको माई नगरपालिकाले फाल्गुनन्द जन्मजयन्तीमा सार्वजनिक विदा दिने भएको छ ।

कात्तिक २५ गते परेको राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १६ औ जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको माई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत क्षेत्रनाथ शर्माले जानकारी दिए ।

नगरपालिकाभित्र रहेका किरात धर्मावलम्बीहरुले बिभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने हुँदा नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो। १ नम्बर प्रदेश सरकारको प्रदेश राजपत्रको भाग ३ अनुसार सो पर्वमा सार्वजनिक विदाको निर्णय भएको शर्माले बताए ।
उक्त दिन माई नगरपालिकाअन्तर्गत रहेका नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र सरकारी कार्यालयमा सार्वजनिक विदा हुने भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्