झापा, कात्तिक २४ । नेपाली उद्योगी–व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा आगामी मंसिर महिनाको ११, १२ र १३ गते काठमाडौँमा हुँदैछ । सो साधारणसभाबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन हुँदैछ । महासंघलाई यतिबेला चुनावी रौनकले छोएको छ । आगामी पदाधिकारी र कार्यकारिणी समिति सदस्यमा मनोनयन दिएकाहरु मत आ–आफ्नो पक्षमा पार्न लागि परेका छन् ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । सोहीअनुरूप वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । अहिले साधारणसभाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ३ (जिल्ला नगर, वस्तुगत र एसोसिएट), तथा जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फ केन्द्रीय सदस्यको निर्वाचन हुँदैछ । महासंघको केन्द्रीय तहमा पुग्न धेरैको चाहना र आकांक्षा रहेको पाइन्छ । मोफसलबाट पनि धेरैको चाहना केन्द्रीय समितिमा पुगेर काम गर्ने हुन्छ । तर, थोरैले मात्र केन्द्रमा अवसर पाउने गरेका छन् ।
पछिल्लो समय उद्योग–व्यवसायको क्षेत्रमा उर्वर भूमिका रूपमा झापाले पनि भूमिका निर्वाह गर्दै आइरहेको छ । जसमा झापाबाट दुईजनाले केन्द्रिय सदस्यमा उमेदवारी दर्ता गराएका छन् । झापा बिर्तामोडमा व्यवसायी उमेश डालमियाले उमेदवारी दर्ता गराएका हुन् । यसै सन्दर्भमा प्रतिदिनले उम्मेदवारी केका लागि भन्ने विषयमा केन्द्रित रहेर गरेको कुनाकानीको सार ः

उमेश डालमिया केन्द्रिय सदस्य उम्मेदवार ः (जिल्ला नगर, खुल्लातर्फ)


म विःस २०४२ सालदेखि उद्योग व्यवसायमा संलग्न छु । झापाको बिर्तामोडलाई केन्द्र बनाएर व्यवसाय गर्दै आइरहेको छु । हिमालयन, सनराइज र सेन्चुरी सिमेन्टमा मेरो लगानी छ । व्यवसाय सुरु गरेसँगै म उद्योग वाणिज्य संघमा आवद्ध रहेर काम गर्दै आइरहेको छु । ०६२ सालमा उद्योग वाणिज्य संघ बिर्तामोडको अध्यक्ष, त्यस्तै २०६९ सालमा झापा जिल्ला उद्योग वाणिज्य संघ अध्यक्षमा रहेर जिम्मेवारी सम्हालीसकेको छु । वर्तमान कार्यसमितिको केन्द्रीय सदस्यमा निर्वाचित सदस्य हुँ । अहिले दोस्रो पटक यसै पदमा उम्मेदवारी दर्ता गराएर देश दौडाहनमा व्यस्त छु । मेरो उम्मेदवारी व्यवसायिको हकहितका लागि हो ।


झापा सिमावर्ती जिल्ला भएकाले कारणपनि कोरोना महामारीको चपेटामा छ । जसकारण व्यापार व्यवसाय सञ्चालन र व्यवस्थापनमा चुनौती छ । कोरोना भाइसका कारण जिल्लामा मृत्युदर बढ्दो मात्रमा छ । व्यवसायी कसरी बाँच्ने र व्यवसाय बचाउने भन्नेमा केन्द्रित छन् । म व्यवसायीको समस्या हलका लागि महासंघ केन्द्रमार्फत सरकारसँग पुग्गे विषयमा काम गर्ने छु । सरकारले बजेट भाषणमा नै कोरोना महामारीमा परेका व्यवसायीलाई ५ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने घोषण गरेको छ । तर, अहिलेसम्म कार्यन्वय गर्न सकेको छैन । साथै व्यवसायीका लागि सरकारले ल्याएको राहत प्याकेज परिचालन हुन सकेको छैन । यसका लागि म पहल गर्ने छु । व्यापार दयनीय छ, व्यवसायी घर भाडा, बैंकको लोन तिर्न नसकेर पीडामा छन् । कुनै पनि क्षेत्रको समस्याप्रति जानकार हुनका लागि सोही क्षेत्रमा बसेर काम गर्नुपर्ने हुन्छ, त्यसैले झापा जिल्लाको प्रतिनिधित्व म गर्ने छु । झापाको बिर्तामोड पछिल्लो समय पूर्वकै मुख्य व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको शहर हो । जिल्लाको दमक, मेचीनगर पनि व्यापारीक केन्द्र हुन् । साथै पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर क्षेत्रमा रहेका उद्योग–व्यवसायका समस्याहरू केन्द्रसम्म वास्तविक रूपमा पु¥याउन पनि झापाबाट मेरो प्रतिनिधित्व हुनुपर्छ भनेर उम्मेदवारी दर्ता गराएको हुँ ।


झापा सीमावर्ती जिल्ला भएकाले उद्योग सञ्चालनका लागि आवश्यक कच्चापदार्थ आयतमासमेत व्यवसायीले समस्या झेल्दै आएका छन् । जसको समधानका लागि कदम चाल्ने छु । कतिपय स्थानीय तहले उद्योग वाणिज्य संघका प्रतिनिधलाई राम्रो दृष्टिकोणले हेरेको पाइदैँन । त्यसैले स्थानीय तहमा पनि उद्योग वाणिज्य संघका प्रतिनिधि पनि हाम्रो एक अभिन्न अंक हुन् भन्ने दृष्टिकोण निर्माण गर्नु छ । कोरोना कहरबाट आक्रन्त बनेको व्यापार व्यवसायको उत्थानका लागि म काम गर्नेछु । उद्योग वाणिज्य महासंघ व्यवसासयिक संस्था रहेकाले विशुद्ध व्यवसायिक हुनुपर्छ भन्ने मेरो धारणा हो । र सबै व्यवसायीलाई एकबद्ध बनाएर अघि बढाउन पहल गर्ने छु ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्