दमक, कार्तिक २४ । कोरोना भाइरसको संक्रमणवाट दमकमा आज थप एक जनाको मृत्यु भएको छ ।

मोरङको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचाररत दमक १ निवासी ४२ बर्षिय डम्बर भट्टराईको आज विहान मृत्यु भएको हो । मृतक दमक इसाई समाज दमकका पूर्व कोषाध्यक्ष तथा पाष्टर हुन् ।
दमक इसाई समाजका अध्यक्ष आकाश थुलुङ राईका अनुसार मृत्यु हुने भट्टराई दमकस्थित नाजरिन मण्डलीका पाष्टरको रुपमा कार्यरत थिए । उनलाई गत कार्तिक ७ गते संक्रमण देखिएको थियो । यससंगै दमकमा संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।