मेचीनगर , कात्तिक २४ । झापा मेचीनगरका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर २ का ८६ वर्षिय काफ्ले थरका बृद्ध रहेका छन् । उनको विराटनगरको नोवेल हस्पिटलमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको हो । तीन दिनअघि ती बृद्धलाई उपचारका लागि विराटनगर लगिएको थियो । सोही हस्पिटलमा उनलाई संक्रमण पुष्टि भएको थियो । मृतकको लाशलाई विराटनगरबाट ल्याएर नेपाली सेनाले अन्त्येष्टि गरेको नगरपालिकाका सामाजिक विकास समितिका नवीन बरालले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या मेचीनगरमा ७ र झापामा ६७ पुगेको छ ।