दमक , कात्तिक २४ । आज राति प्रहरीले लागु औषधसहित दुई जनालाई दमकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक ८ बस्ने २८ वर्षिय अंकित कार्की र २८ वर्षिय अमन लिङफेप लिम्बु रहेका छन् । राति ८ः१० बजे कार्कीको घरको कोठामा लागूऔषध लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा कोठाबाट लुपिजेसिक—८३ एप्पुल, डाईजेपाम—८३ एम्पुल र फेनारगन—८३ एम्पुल बरामद भएको हो । लागु औषधसहित दुबैजनालाई प्रहरी टोलीले तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इप्रका दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्