एजेन्सी । भारतको बिहार विधानसभा निर्वाचनमा मतदान सम्पन्न भएको छ । आज बिहान आठ बजेदेखि मतगणना शुरू हुँदैछ । यसपटक प्रदेशमा को जाने भन्ने निर्णय साँझसम्म भइसक्ने छ ।

बिहार भारतको पहिलो राज्य हो जहांँ कोरोना महामारीका बेला विधानसभा निर्वाचन गराइएको हो । त्यहाँ नितीश कुमारको नेतृत्वमा १५ वर्षदेखि जारी शासनलाई चुनौती दिनका लागि विपक्षी महागठबन्धन चुनावी मैदानमा उत्रिएको छ । त्योसँगै केही नयाँ गठबन्धनले पनि यसपटक आफ्नो भाग्यको फैसला गर्दैछन् । बिहारमा यस पटक तीन चरणमा मतदान भएको थियो । पहिलो चरणमा २८ अक्टुबरमा ७१ सिटका लागि मतदान भएको थियो । दोस्रो चरण ३ नोभेम्बरमा ९४ सिटका लागि र तेस्रो चरण ७ नोभेम्बरमा ७८ सिटका लागि मतदान भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्