बिर्तामोड । बिर्तामोडका मोबाइल व्यवसायी शिव खतिवडाको चिनारी नै ‘निर्मित मोबाइल’ बनेको छ । उनलाई आफ्नो नामले भन्दा निर्मित मोबाइल भनेर धेरैले चिन्ने गर्छन् । करीव १२ वर्षदेखि मोबाइल व्यवसायमा लागेका खतिवडाले बिर्तामोडको हनुमान कम्प्लेक्समा खोलेको निर्मित मोबाइलबाट व्यावसायिक परिचय स्थापित गर्न सफल भएका हुन् । निर्मित उनका भतिजाको नाम हो । निर्मित मोबाइलको ब्रान्ड बनाइसकेका उनी मोबाइल ग्राहकलाई अझ बढी सेवा दिनका लागि राशिका इन्टरप्राइजेज लिएर उपस्थित भएका छन् ।

आफ्नी छोरी राशिकाको नामबाट उनले बिर्तामोडकै सिटी सेन्टरमा मोबाइलकै अर्को व्यवसाय शुरु गरेका हुन् । एउटा व्यवसाय हुँदाहुँदै अर्को व्यवसाय किन खोल्नु पर्यो त उनले ? शिव भन्छन् – निर्मित मोबाइल थोक ग्राहकका लागि होलसेल डिलर हो ।जहाँ तम्बो, डायमन्ड , माइक्रोम्याक्स , जियोनि ,भिभो प्लस जस्ता मोबाइल र मोबाइलका सबै एसेसरिज बिक्री हुन्छ । तर , राशिका इन्टरप्राइजेजमा चाहिँ सबै ब्रान्डका मोबाइल र एसेसरीज बिक्री गरिनुका साथै मर्मत पनि हुन्छ । पहिला मोबाइलका खुद्रा व्यापारीसँग उनको कारोबार हुन्थ्यो ,अब भने उनी ग्राहकलाई प्रत्यक्ष सेवा गर्नका लागि आएका हुन् । ‘अब म ग्राहकको प्रत्यक्ष सेवामा आएको छु’ उनी भन्छन् ,‘ सेवा गर्ने अवसर दिनु हुने छ भन्ने आशा गरेको छु ।’ राशिका इन्टरप्राइजेजमा वानप्लस , आइफोन, सामसुङ, ओप्पो , भिभो, एमआइ जस्ता अहिलेका चलेका सबै मोबाइल उपलब्ध छन् । ‘एक हजारदेखि एक लाख बयासी हजारसम्मका मोबाइल हामीसँग छन् ’ उनी भन्छन् , ‘सबै किसिमका मोबाइल एकै ठाउँमा पाउनु हुने छ ।’ नेपालमा पछिल्लो समय महँगा मोबाइलको माग बढ्दै गएको छ । यसपालि नेपाल भित्रिने मोबाइलको संख्या घटे पनि त्यसवापत बाहिरिने रकम भने अस्वाभाविक रुपमा बढेको देखिएको छ । कोरोना भाइरसको महामारीकै कारण नेपालमा महँगा मोबाइलको माग बढेको हो । राशिका इन्टरप्राइजेजमा महँगा मोबाइलदेखि लिएर ग्रास लेवलका टच फोन बोक्ने ग्राहकलाई समेत लक्षित गरी सेवा उपलब्ध रहेको शिव बताउँछन् । कोरोना कहरका कारण अहिले धेरै महिनादेखि शिक्षण संस्था बन्द छन् । धेरै शिक्षण संस्थाले अनलाइन कक्षा संचालन गरिरहेका छन् । शिवले अनलाइन कक्षाका लागि सस्तो किसिमका मोबाइल पनि राखेका छन् । लकडाउनयता करीव ५ सयवटा माइक्रोम्याक्स स्मार्ट फोन बिक्री गरेको उनले बताए । उनी डिलरसँगै रिटेलरको भूमिकामा देखिएका हुन् ।
३९ वर्षिय शिवको विगत कोट्याउँदा दमकमा जन्मेका उनले अरुको मोबाइल डिलरमा पाँच वर्ष काम गरेका थिए । काठमाडौंमा ठेक्कापट्टा छोडेर उनी मोबाइल व्यवसायमा होमिए । अर्काको डिलरमा पाँच वर्ष अनुभव बटुलिसकेपछि उनले २०७० साल चैत २० गते बिर्तामोडको हनुमान कम्प्लेक्समा निर्मित मोबाइल खोलेका हुन् । १२ वर्षसम्म त्यही क्षेत्रमा काम गरिरहँदा उनलाई मोबाइल व्यवसायी भनेर नचिन्ने कमै छन् । मोबाइललाई पर्यायको रुपमा बनाउन सफल शिव बिर्तामोडदेखि ताप्लेजुङसम्म मेची अंचलका बजारमा होलसेलरको रुपमा परिचित भइसकेका अनुहार हुन् । अब उनी व्यापारीकहाँ नभएर कस्टमरकहाँ जान खोज्दैछन् । राशिका इन्टरप्राइजेजमार्फत आफ्ना अनुभवलाई ग्राहकको सेवामा लगाउने उद्धेश्य भएको उनी बताउँछन् ।‘ राशिका इन्टरप्राइजेजको यही कात्तिक २६ र २७ गते उद्घाटन हुँदैछ म मेरा अनुभवलाई तपाई ग्राहकहरुको सेवामा लगाउन चाहन्छु । आई फोनदेखि लिएर विश्वमा चलेका उत्कृष्ट स्मार्ट फोनहरु ग्राहकलाई मूल्यसूचीको रेटमा भ्याट विलसहित उपलब्ध हुनेछ’ उनी भन्छन् ,‘ कोही पनि नठगिनु होला नझुक्किनु होला ,मोबाइलसँगै एसेसरिज पनि सुपथ मूल्यमा उपलब्ध छ , ब्रान्डेड घडी र चश्मा पनि पाउनु हुनेछ ।’ उद्घाटनका अवसरमा हरेक फोनमा टोपर, कभर , इअर फोन निशुल्क दिने र नयाँ मोबाइल प्रयोगकर्ताहरुलाई फेसबुक , जिमेल अकाउन्ट बनाउन सहयोग गर्ने अफर रहेको उनले सुनाए ।
मोबाइल फोन हरेक व्यक्तिका लागि अत्यावश्यक साधन हो । मोबाइल बिना व्यक्तिको दैनिक सहज छैन । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म साथी बनेको छ । दैनिक जीवन सरल बनाउन भित्रिएको मोबाइल प्रविधिबिना घरबाट निस्कँदैनन्। घरमा बस्दा पनि मोबाइल नै चाहिन्छ । फुर्सदको समय व्यतित गर्न होस् वा व्यस्त बन्ने माध्यम खोज्ने तरिका, आजकल सबै काम मोबाइलबाटै हुन्छ ।
सञ्चार सारथीको रूपमा भित्रिएको मोबाइल फोन अहिलेको व्यापार व्यवसाय, इन्टरनेट, सपिङ अर्थात बालेट साथी पनि भइसकेको छ। प्रविधि विकाससँगै मोबाइल प्रयोग बहुआयामिक हुँदै छ । मोबाइलबाटै विश्वकै कुनै पनि कुनाको गतिविधि जान्न सक्ने र गफगाफ हुने भएकाले पनि मोबाइल दैनिक जीवनयापनको माध्यम बनेको हो ।
भारतबाट अबैध रुपमा आयात गरिने मोबाइल फोन खरीद नगर्न उनी आग्रह गर्छन् । आफ्नो पसलमा पाइने सामान आधिकारिक हुने र त्यसमा वारेन्टी पनि रहेको उनी ग्राहकलाई बिश्वस्त पार्छन् । पछिल्लो समय नयाँ प्रविधि र मोबाइलमा युवा वर्गको रुचि अलि बढी हुने गरेको छ । युवा वर्ग कमाउने र सोहीअनुसार खर्च गर्ने भएकाले उनीहरूलाई बजारमा आएका स्मार्टफोन सेवा तथा सुविधाले लोभ्याउने गरेको छ ।
अहिलेका टिनेजर कस्टमरहरले प्रोसेसर , ¥याम , रोम , क्यामेरा र ब्याट्री हेर्ने गर्छन् । बजेट अनुसारको क्वालिटी मोबाइलमा हुने गर्छ । १० हजारदेखि एक लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल युवा पुस्ताको रोजाइमा परेको देखिन्छ । अहिले बजारमा बिक्रीको हिसाबले पनि ब्रान्ड बनाएका, बढी उत्पादन गर्ने र समय समयमा नयाँ भर्सन ल्याइरहने कम्पनी अग्रणी सूचीमा आउने गरेका छन् शिवका अनुसार युवाले नयाँ प्रविधि र भर्सनलाई दिएको महत्वकै कारण पनि स्मार्ट फोनको बजार बढेको हो । उनले भने, ‘हाल युवा पुस्ता बढी समय ब्याट्री टिक्ने, क्यामेराको क्वालिटी बढी भएको, ¥याम÷रोम बढी भएको र स्क्रिन ठूलो भएको मोबाइलतर्फ आकर्षित छन्।’
नेपालको जनसंख्या भन्दा मोबाइल प्रयोगकर्ताको संख्या बढी देखिएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनसंख्या करिब पौने तीन करोड भए पनि नेपाली प्रयोगकर्ताको हातमा तीन करोड मोबाइल रहेका छन् । तथ्यांक विभागले २०७८ सम्ममा जनसंख्या ३ करोड पुग्ने पूर्वानुमान गरेको भए पनि अहिले जनसंख्या भन्दा धेरै मोबाइल बिक्री भएका हुन् । यसले मोबाइल क्रेज बढेको देखाउँछ । परिवारका सदस्यपिच्छे मात्र नभएर एकै व्यक्तिले दुईवटा मोबाइल प्रयोग गर्न थालेपछि मोबाइल व्यापारले छलाङ मारेको छ । निर्मित मोबाइल र राशिका इन्टरप्राइजेजका प्रोप्राइटर शिव कसैसँग प्रतिष्पर्धा गर्न चाहदैनन् । ‘अरुसँग एक दुईवटा कम्पनीका हुन्छन् , हामीसँग ५–७ वटा कम्पनीकै मोबाइल छन् ’ उनी भन्छन् ,‘ त्यसकारण अरुसँग हाम्रो प्रतिष्पर्धा हुँदैन ।’ अरु व्यवसायीसँग प्रतिष्पर्धा गरी बढीभन्दा बढी नाफा कमाउनु भन्दा पनि ग्राहकलाई सेवा दिएर सन्तुष्ट पार्नु नै आफ्नो उद्धेश्य भएको उनी बताउँछन् ।