झापा ,कात्तिक २५ । झापामा प्रतिबन्धित लागु पदार्थसहित पाँचजना पक्राउ परेका छन् ।

बिर्तामोड २ बाट ४ जना र एकजना कचनकवलबाट पक्राउ परेका हुन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले चार जना युवालाई ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड २ का २५ वर्षिय मोहनकुमार ओली , बर्ष २४ का दयालाल राजबंशी, बर्ष ३१ का संजयकुमार राजबंशी र बर्ष २० का अरुणकुमार राजबंशी रहेका छन् । बिर्तामोड २ फुलबारी टोल बस्ने मोहनकुमार ओलीको घरको कोठामा लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध प्लाष्टिकसहित ६ ग्राम ८५० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने खैरौ पदार्थ बरामद गरिएको छ ।

बरामद लागुऔषध र उनीहरु चारै जनालाई प्रहरी टोलीले तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै आज दिउँसो भारतबाट नेपालतर्फ साइकलमा लुकाइछिपाइ लागु ओषध ल्याउँदे गरेको अबसथामा प्रहरीले कचनकवलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर ४ बस्ने ३७ वर्षिय डिल्ली ठाकुर रहेका छन् । उनलाई कचनकवल ५ डाँगीबारी चिया बगानमा प्रहरी चौकी पाठामारीबाट गएको टोलीले पक्राउ गरेको हो । उनको साथबाट नाइट्रोन ३७ थान , कोरेक्स १२ थान , सेर एक थान बरामद गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्