एजेन्सी । बिहार विधानसभा निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त भएको छ । २४३ विधानसभा सिट भएको विहारमा एकपटक फेरि एनडीएलाई सरकार बनाउने जनादेश मिलेको छ ।

बिहारमा सरकार बनाउनका लागि १२२ सिटको बहुमत आबश्यक हुन्छ । एनडीएले १२५ सिटं जितेको छ । एनडीएलाई टक्कर दिने महागठबन्धन बहुमतकोे आँंकडाभन्दा थोरै पछि रहेको छ । महागठबन्धनलाई ११० सिट हासिल भएको छ ।जेडीयूलाई ४३ सिटं मिलेको छ ।
त्यस्तै सांसद असदुद्दीनओवैसीको पार्टी अल इंन्डिया मजलिस—ए—इत्तेहादुल मुस्लिमीनले राम्रो प्रदर्शन गर्दै पाँंच सिट जितेको छ । बहुजन समाज पार्टीले पनि एक सिटमा जित हासिल गरेको छ । एक सिट स्वतन्त्रले जितेका छन् ।
महागठबन्धनको अगुवाई गर्ने पार्टी राष्ट्रीय जनता दल (आरजेडी) ८० सिटकासाथ सबैभन्दा ठूलो पार्टी बनेको छ । भारतीय जनता पार्टी (बीजेपी)ले पनि वर्चस्व कायम राख्दै ७४ सिटका साथ दोस्रो स्थान पाएको छ । गत चुनावमा आरजेडीले ८० र बीजेपीले ५३ सिट जितेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्