बिर्तामोड , कात्तिक २६ । शहीदपुत्र मदन राजवंशीको निधन भएको छ ।

अस्पतालमा उपचाररत रहँदा

२०२८ सालका कम्युनिष्ट आन्दोलनका शहीद बिर्जीलाल राजवंशीका कान्छा छोरा मदनको गएराति घरमै निधन भएको हो । बिर्तामोड ९ निवासी करीव ४८ वर्षिय मदन मिर्गौला पीडित थिए । उनको दुवै मिर्गौला खराव भएको थियो । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सहयात्री बिर्जी राजवंशीको २०२८ सालको झापा विद्रोहका क्रममा मृत्यु भएको थियो । उनका छोरा मदन मिर्गौला बिग्रिएर थला परेर बस्दा पनि कुनै राजनीतिक दल र नेताले सहयोग नगरेको परिवारले गुनासो गरेको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्