कुमरखोद , कार्तिक २६ । झापा गाउँपालिकामा कार्यरत एकजना महिला कर्मचारीमा आज कोरोना संक्रमण पुष्टि भएको छ । महिला कर्मचारीलाई कोरोना पुष्टि भएपछि आज झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।


झापा गाउँपालिकाले ३ दिनको लागि अतिआवश्यक काम बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको हो । आज २६ गतेदेखि कात्तिक २९ गतेसम्म गाउँपालिका कार्यालय तथा मातहतका सबै कार्यालयमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द रहने अध्यक्ष शाहले जानकारी दिए ।
१ हजार ३ सय ६६ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्माले बताए । त्यस्तै अन्य अस्पतालबाट ९ जनामा कोरोना पुष्टि भएको छ । १३४६ जनामा नेगेटिभ देखिएको उनले बताए । झापा गापामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्