बिर्तामोड, कात्तिक २६ । जिल्ला प्रहरी कार्यालय झापा वैदेशिक रोजगार कसुर मुद्दामा जरिवाना ठहरिएका पुरुष पक्राउ परेका छन् । कनकाई नगरपालिका– ५का ३६ बर्षिया सौरभ उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी सुरुङगाबाट खटिएको प्रहरी टोलीले उप्रेतीलाई उनको घरबाट पक्राउ गरेको जनाएको छ । उनलाई एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । फैसला कार्यान्वयनका लागि उप्रेतीलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्