दमक ,कार्तिक २६ । दमकको डाँफे मुनाल चोक परिसरको फूलको बगैचाभरि रहेको फोहोरमैला सरसफाइ गरिएको छ । फूलको बगैचाभित्रको खाली स्थानमा जतासुकै रहेको फोहोरको सरसफाई हेप्पी नेपाल र सानो प्रयास युवा समाज दमकले गरेका हुन् ।

हेप्पी नेपाल दमकका महासचिव सुरेन्द्रकुमार श्रेष्ठले डाँफे मुनाल चोकको फूलको बगैचामा सरसफाई गर्दै सुन्दरताको परिचय बोकेको स्थानमा जतासुकै दिसा गरी दुर्गन्ध रहनु दमकबासीको बेइज्जत भएको बताए ।
हेप्पी नेपाल र सानो प्रयास युवा समुहले प्रहरी हिरासत ,दमकको आकाशे पुल ,मानिसहरुको भीडभाड हुने दमक बसपार्क र सेवा प्रदायक सरकारी कार्यालयहरुमा सेनिटाइजर स्प्रे गर्ने काम गरेको संस्थाका अध्यक्ष कुमार गुरुङ्गले बताए । अहिलेको कोरोना संक्रमणको जोखिमको अवस्थामा त्यसको भाइरसले अरुलाई पुनः संक्रमण नगरोस् भनेर इलाका प्रहरी कार्यालय दमकको हिरासत,प्रहरी ब्यारेक,इलाका प्रशासन कार्यालय दमकको परिसरमा सेनिटाइजर स्प्रे गरिएको महासचिव तथा सामाजिक अभियन्ता श्रेष्ठले बताए ।
सेनिटाइजर स्प्रेसंगै दमकको आकाशे पुल,दमक पूर्वको बसपार्क लगायतका ठाउँको पनि सरसफाइ गरिएको हेप्पी नेपालका डिआइसी इन्चार्ज जीवन नेपालीले बताए । सरसफाई अभियानमा दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङ्ग ,इलाका प्रशासन कार्यालय दमक प्रमुख कृष्ण आचार्य ,इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख विजयराज पण्डितसहितको प्रहरी टोली, सानो प्रयास युवा समाजका अध्यक्ष सुरज श्रेष्ठको युवा टोली,सामाजिक अगुवा साथै सर्वसाधारण सहभागी भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्