हल्दिबारी , कात्तिक २६ । सातौं गाउँसभाका क्रममा उत्पन्न विवाद सल्टाउनका लागि हल्दिबारी गाउँपालिकाले भोलि विशेष गाउँसभा गर्ने भएको छ ।

कात्तिक २४ गते बसेको कार्यपालिका बैठकले विशेष गाउँसभा गर्ने निर्णय गरेको हो । त्यसको अघिल्लो दिन भएको छलफलमा गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले सातौं गाउँसभाको तेस्रो बैठक राख्न प्रस्ताव गरेका थिए । तर , बहुमत सदस्यले त्यसलाई अस्वीकार गरेपछि विशेष गाउँसभा गर्ने सहमति बनेको हो । विशेष गाउँसभामा उपाध्यक्ष डम्बर गिरीको अध्यक्षतामा भएको सातौं गाउँसभाको असार १० को पहिलो र साउन २६ को दोस्रो बैठकले गरेका निर्णयलाई स्वीकार गर्ने अध्यक्ष लिङ्देनले सहमति जनाएको बताइएको छ । गत असार १० गते सातौं गाउँसभाका क्रममा हल्दिबारीमा विवाद उत्पन्न भएको थियो । त्यसलाई साउन २६ गतेको दोस्रो बैठकले अझ बढाएको थियो । सातौं गाउँसभाले पारित गरेका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा समस्या देखिएपछि अध्यक्ष र उपाध्यक्षले मिलेर जानुको विकल्प छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्