बिर्तामोड ,कात्तिक २७ । नेपाली कांग्रेस बिर्तामोड ३ का वडा सभापति प्रेम उप्रेतीलाई पितृशोक परेको छ ।

उप्रेतीका बुवा खगेन्द्रप्रसाद उप्रेतीको आज विहान ३.३० बजे घरमै निधन भएको हो । ८६ वर्षिय खगेन्द्रलाई फोक्सोको क्यान्सर रहेको थियो । खगेन्द्र विभिन्न सामाजिक कार्यमा संलग्न रहेका थिए । प्रेमसहित उनका दुई छोरा र पाँच छोरी रहेका छन् । उनको आज विहान १० बजे कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्