इलाम , कात्तिक २७ । इलामको माई नगरपालिकामा सहकारी शिक्षा र कार्यक्रम व्यवस्थापन सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

अपाङ्गता स्वावलम्बन समितिका पदाधिकारी, संरक्षक, सि.बि.आर.एफ. लगायत सरोकारवालाहरुसँग माई— २ सितलीमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा माई नगरपालिकाका प्रशासन प्रमुख नविनकुमार पौड्यालले सहजीकरण गरेका थिए । नगरस्तरीय स्वावलम्बन समुहका अध्यक्ष यदुनाथ दुलालको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले गरेका थिए ।सामाजिक दुरी कायम गर्दै सितली चियाबारी डाँडामा सम्पन्न कार्यक्रममा २६ जनाको सहभागिता रहेको थियो । यसैबीच माई नगरस्तरीय स्वावलम्बन समितिको बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । बैठकले स्वावलम्बन समितिलाई सहकारीमा रुपान्तरण गर्ने, अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान गर्ने, अन्तर्राष्ट्रिय अपाङ्गता दिवस ३ डिसेम्बरमा भव्य मनाउने, अपाङ्गता भएका व्यक्तिका लागि सीपमुलक तालिम दिने, अपाङ्गता महिलालाई सेनिटरी प्याड निरन्तर वितरण गर्ने, उत्कृष्ट स्वावलम्बन समुहलाई पुरस्कृत गर्ने लगायतका निर्णय गरिएको करुणा फाउन्डेसन नेपालका समुदाय संयोजक विमल दहालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्