भद्रपुर, २७ कात्तिक ।
भद्रपुर नगरपालिका कोभिड– १९ जोखिम व्यवस्थापन समितिले कोरोना संक्रमण जोखिमबाट नगरबासीलाई सुरक्षित राख्न २२ बँुधे निर्णय गर्दै सावधानी अपनाउने रणनीति सार्वजनिक गरेको छ । नगर प्रमुख तथा कोभिड– १९ जोखिम व्यवस्थापन समितिका संयोजक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सरोकारवाला जिम्मेवार निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि सहितको बैठकले कोरोना संक्रमण जोखिमबाट नगरबासीलाई बचाउन २२ बुँदे निर्णय गरेको हो ।


समितिका निर्णयहरू निम्नानुसार रहेका छन् ।
१. कोभिड–१९ संक्रमण, रोकथाम सम्बन्धी जन चेतना वडा–वडामा वडा समिति तथा टोल विकास संस्था मार्फत व्यापक प्रचार गर्ने ।
२. २०७७ सालको शुभ दिपावली, नेपाल सम्बत ११४१, छैठ, उधौली, ल्होसारको हार्दिक शुभकामना ब्यक्त गर्ने र पर्वहरुमा सार्वजानिक स्थानमा भेला भई देउसि भैलो, जुवातास, डाइस नखेल्ने नखेलाउने, आतेसवाजी (पटक, भुचम्पा नपडाउने, नदी तलाउमा गई पुजा नगर्ने, बत्ति नसजाउने, पेण्डल नबनाउने, ध्वनि नबजाउने, घाट नसजाउने कार्य, नाचगान नगर्ने भनी २०७७÷७÷२६ गते जिल्ला प्रशासन कार्यालय झापामा बसेको सरोकारवाला संस्थाका प्रतिनिधिहरुसमेत बसी निर्णय गरिएकोले साथै त्यस प्रकारका क्रियाकलापहरु नेपाल सरकारले प्रतिबन्धित गरेकोले बन्द गर्न अनुरोध गर्ने । छैट पर्व–२०७७ मा आआफ्नो घर आँगनमा कृतिम जलकुण्ड निर्माण गरी सावधानी पूर्वक एकाघर परिवारमामात्र सिमित गरी मनाउने ।

३. नगरभित्रका व्यापार व्यवसाय र बजारहरु पूर्णरुपमा नेपाल सरकारद्धारा जारी स्वास्थ्य मापदण्डको पूर्णपालना गरी संचालन गर्ने गराउने । उप–प्रमुख, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसमेतको टोलीले बजारको अनुगमन गर्ने ।
४. नगर क्षेत्रभित्र रहेका मालपोत, नापि, आराका, जिल्ला प्रशासन कार्यालय, विद्युत प्राधिकरण, मेची अस्पताल जस्ता भिडभाड हुने कार्यलयबाट दिइने सेवालाई व्यवस्थित गर्न गराउन नगर प्रमुखज्यूको नेतृत्वमा सम्बन्धित कार्यालयको अनुगमन गरि व्यवस्थापनको प्रवन्ध गर्ने गराउने ।
५. कोभिड–१९ को लक्षणसँग मिल्दो जुल्दो लक्षण भई घरमा बसेका व्यक्तिहरुको स्वास्थ्य स्थिति र अवस्था पहिचान गरी पिसिआर गर्ने गराउने ।
६. होम आइसोलेसनमा रहेका विरामीहरुको अवस्थाबारे नियमित जानकारी लिने, उचित परामर्श र उपचारका लागि आवश्यक व्यवस्था मिलाउन जिल्ला स्वास्थ्य तथा मेची कोभिड अस्पतालमा समन्वय गर्ने गराउने ।
७. पोजेटिभ भई आईसोलेसनमा रहनुभएका नगरवासीको मनोवल बृद्धि, उच्च गर्न जनप्रतिनिधिले प्रोत्साहन गर्ने ।
८. कोभिड वा अन्य कारणबाट मृत्यु भई दाह संस्कार गर्दा भिडभाड नगर्ने, मलामी कम संख्यामा जान साथै समवेदना कार्यक्रममा सहभागी हुँदा सावधानी अपनाउन सबैमा आव्हान गर्ने ।
९. नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट दिइने सेवालाई थप स्वास्थ्य मापदण्डभित्र रही प्रवाह गर्ने ।
१०. राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम स्थगन गरिएकोमा दुरी र सावधानी अपनाई थोरै संख्यामा काम अघि बढाउने र सो कार्यक्रम व्यवस्थापन वडा समिति मार्फत् गर्ने ।

११. नगरभित्र स्थापना भएको कोभिड अस्पताल सेवालाई प्रभावकारी बनाउन, पिसिआर परिक्षण र रिपोर्टिङ प्रणाली व्यवस्थापन गर्न अस्पताललाई अनुरोध गर्ने । नगरभित्र रहेका निजी अस्पताललाई समन्वय र सहकार्य गरी कोभिडका बिरामीका लागि भेन्टिलेटर सहितको आइसियु सञ्चालन गर्न पहल गर्ने ।
१२. कलबलगुरी क्वारेन्टिन २०७७÷८÷१ गतेबाट बन्द गर्ने । लक्षण नभएका आर्थिक रुपले बिपन्न र सेल्फ आईसोलेशन बस्न अनुपयुक्त हुने व्यक्तिका लागि सामुदायिक आईसोलेशन सञ्चालन कार्यबिधि बनाई सञ्चालन गर्न नगर प्रमुखको संयोजकत्वमा १) उपप्रमुख २) प्रप्रअ ३) स्वास्थ्य शाखा प्रमुख, ४) भद्रपुर (१० वडाध्यक्ष , ५) कोभिड–१९ फोकल परसन सदस्य सचिव ६) नेरेसो भद्रपुर उपशाखा अध्यक्ष ७) स्थानिय नेपाली सेनाका प्रमुखसमेत रहनुभएको समिति गठन गर्ने निर्णय गरिएको छ ।
१३) सार्वजनिक स्थानमा खेलकुद, व्यायाम ,सभा सम्मेलन जस्ता भिडभाड हुने सबै कार्यहरु नगर्ने नगराउने ।
१४) नेपाल सरकार, प्रदेश तथा स्थानीयद्वारा जारी गरिएका स्वास्थ्य र सुरक्षा नियम, मापदण्ड पालन गर्ने गराउने ।
१५) सार्वजानिक यातायत साधन सञ्चालकले यात्रुहरुको स्वास्थ्य सुरक्षा व्यवस्था गर्ने र यात्रुहरुले कोभिड–१९ संक्रमणबाट बच्ने उपाय अपनाउने ।
१६) कोभिड–१९ संक्रमितका लक्षणसँग मिल्दोजुल्दो ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वास समस्या हुने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, स्वाद वा गन्ध थाह नहुने र पातलो दिशा हुने भएमा घरैमा एकान्तवास बस्ने ।
१७. पिसिआरकालागि स्वाव दिनु अघि, दिई सकेपछि रिपोर्ट नआउञ्जेल घरमा सुरक्षित भई बस्ने र पोजेटिभ पुष्टि भए नगरपालिकालाई अनिवार्य जानकारी गराउने र नगरपालिकाले आवश्यक स्थानमा आईसोलेटेड गर्ने गराउने ।

१८. भारत वा अन्य देशबाट ७२ घण्टे पिसिआर रिपोर्ट लिई आउनु हुनेले ७ दिन सेल्फ क्वारेन्टिनमा र परिक्षण बिना आउनेहरुलाई १४ दिने अनिवार्य सेल्फ क्वारेन्टिन बस्नु पर्ने छ । सो कार्य टोल बिकास संस्थामार्फत अनुगमन गर्ने । बाहिरबाट नगर प्रवेश गर्ने व्यक्तिले वा निजका आफन्तले वडा वा नगरपालिका कार्यालय वा नगर प्रहरी समक्ष अनिवार्य जानकारी गराउनु पर्नेछ ।
१९. पिसिआर टेष्ट गराउने व्यक्तिले हिडडुल नगर्ने, पोजेटिभ पुष्टि भए नगरपालिकामा आईसोलेशनका लागि अनुमति info@bhadrapurmun=gov=np / bhadrapurmunicipalpolice@gmail=com इमेल गरी वा हकदारको निबेदन मार्फत् अनुमति लिने ।
२०. पिसिआर पोजेटिभ पुष्टि भएका व्यक्ति स्वयंले आईसोलेटेड नभए वा इन्कार गरे वा लापर्वाही गरी समाजमा संक्रमण फैलाउने व्यक्ति र त्यस्ता व्यक्तिलाई प्रेरित गर्नेसमेतलाई संक्रमण ऐन २०२० अनुसार कार्यवाही गर्ने र वडा समिति कार्यालयद्वारा दिईने सेवा सुबिधामा रोक लगाउने ।
२१. विदेश उपचारकालागि जाने ब्यक्तिले रिफर सिफारिस पत्र संलग्न गर्ने , भारतीय पेन्सन सुबिधा भुक्तानि लिन वा नबिकरण गर्न जान परे पेन्सनपट्टा कागजात संलग्न गर्ने र भारतीय कामदार कुनै पनि कम्पनीले ल्याउनका लागि
२४ घण्टे पिसिआर रिपोर्ट अनुमति माँग गर्दा पेश गर्ने र ७ दिन सेल्फ क्वारेन्टिन बस्ने सर्त पालना गर्ने गरि अनुमति लिने ।
२२. निर्णय गाउँ वस्ति स्तरका सर्वसाधारणसम्म पुर्याउन वडा–वडा समितिबाट माइकिङ गर्ने र नागरिक एफ.एम.समेतका मिडियाहरु मार्फत प्रचार गर्ने ।
२३. मेची अस्पताल कोभिड–१९ ल्याबबाट हुने पिसिआर रिपोर्टिङ प्रणाली र अभिलेख प्रणाली बारे उठेको सार्वजनिक टिप्पणीले बैठकको ध्यानाकर्षण भएकोले अस्पताल प्रशासनमा आवश्यक सुधारका लागि सेवासुबिधालाई थप प्रभाकारी बनाउन अनुरोध गर्ने निर्णय भएको छ ।
२४. कोभिड –१९ व्यवस्थापन कार्यमा सहजिकरण, सहयोग पुर्याउनु हुने ब्यक्ति, नगर प्रहरी लगायतका सम्पूर्ण संघसंस्थाहरु सबैलाई धन्यवाद ज्ञापन गर्ने र थप सुझाव सहयोगको लागि अनुरोध गरिएको छ ।
२५. भद्रपुर– ८ का दुई महिने बालक, भद्रपुर–५ मेची किनारका ६७ बर्षिय र भद्रपुर ५ पोखरीटोलका पुरुषसमेत कोभिड १९ संक्रमण पुष्टि भई निधन हुनुभएकोले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय गरियो ।
कात्तिक २२ गते बसेको बैठकले सो निर्णय भएको भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्