झापा , कात्तिक २८ । झापा शिवसताक्षी नगरपालिकाका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

शिवसताक्षी ६ का ६२ वर्षिय भीम न्यौपानेको उपचारका क्रममा आज विहान बिएण्डसी हसिपटल बिर्तामोडमा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भइसकेपछि गंभीर अबस्थामा पुगेका उनको सोही अस्पतालमा केही दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

मृतकको शव कनकाई नदीको शिवगञ्ज घाटमा नेपाली सेनाको टोलीसंग गरी अन्त्येष्टि गर्ने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखाका रोशन भट्टराईले बताए । यासँगै शिवसताक्षीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक महिलासहित पाँच पुगेको छ । जिल्लामा भने ७४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्