झापा , कात्तिक २८ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कमल गाउँपालिका वडा नं ३ केर्खा बजारका ६६ वर्षिय प्रेम लिम्बुको आज दिउँसो विराटनगरको न्यूरो हस्पिटलमा मृत्यु भएको हो । मिर्गौला प्रत्यारोपण गराएर नियमित डाइलोसिस गराउँदै आएका लिम्बुलाई कात्तिक ७ गते नोवेल हस्पिटल विराटनगरमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि घर आएका उनी सिकिस्त भएपछि पुनः विराटनगर लगिएको कमल गाउँपालिकाका स्वास्थ्य शाखाका इन्द्र अर्यालले बताए । उनले नेपाली सेनासँग समन्वय गरेर मृतकको शवलाई ल्याएर कन्काई माईमा अन्त्येष्टि गर्ने तयारी गरिरहेको जानकारी दिए ।

योसँगै कमलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या एक महिलासहित ५ पुगेको छ । गाउँपालिकामा कोरोना संक्रमितको सँख्या १४५ पुगेको र त्यसमध्ये ४९ जना आइसोलेसनमा रहेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । मृतक थपिएसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ७५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्