झापा , कात्तिक २८ । झापा अर्जुनधाराका एक ब्यक्तिको शव अन्त्येष्टि गरिसकेपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं ७ का ६१ वर्षिय भीम काफ्लेको शवलाई अन्त्येष्टि गरिसकेपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । बिएण्डसी हस्पिटल बिर्तामोडमा दुई दिनअघि पिसिआर परीक्षण गराएका काफ्लेको गएराति ९.३० बजेतिर घरैमा मृत्यु भएको थियो । मृत्युपछि आज बिहान ९ बजेतिर परिवार र आफन्तले उनको स्थानीय टाङटिङ नदीमा दाहसँस्कार गरेका थिए । दाहसँस्कार भइसकेपछि आज दिउँसो १ बजेतिर उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । आफन्तहरुले संक्रमित काफ्लेलाई अरुसरह नै दाहसँस्कार गरेका थिए । पिसिआर परीक्षण गरेको थाहा भएपनि रिपोर्ट नआएका कारण अरु सरह नै दाहसँस्कार गरिएको वडाध्यक्ष नवीन ढुंगानाले बताए । योसँगै अर्जुनधारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ३ पुगेको छ भने जिल्लामा ७६ भएको छ । आजै कमल र शिवसताक्षीका एक–एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्