कचनकवल , कात्तिक २८ । झापा कारागारमा आइसोलेसन वार्ड निर्माण गर्नका लागि कचनकवल गाउँपालिकाले सहयोग गरेको छ ।

झापा कारागारको अनुरोधमा कचनकवल गाउँपालिका कार्यालयले विभिन्न सामान उपलब्ध गराएर सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष अन्जर आलमले झापा कारागारमा कोभिड आईसोलसन वार्ड स्थापनाका लागि बेडका सामान, भिटामिन लगायतका औषधिजन्य सामग्री, सेनिटाईजर , सावुन, मास्क,फेसशिल्ड तथा अन्य सहायक सामग्रीहरु कारागार प्रमुख राजेन्द्रकुमार गौतमलाई आज हस्तान्तरण गरेका हुन् । ती सामान लिन कारागार प्रमुख गौतम गाउँपालिका कार्यालय पुगेको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए । । कारागारमा कैदीबन्दीहरुका लागि आइसोलेसन वार्ड निर्माण गर्नका लागि सहयोग गर्न कारागार प्रशासनले जिल्लाका सबै पालिकाहरुलाई आव्हान गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्