बिर्तामोड , कात्तिक २९ । अनलाइन समाचार प्रकाशित गर्दै आएको बिएण्डबि मिडिया प्रालिले मासिक पत्रिकाको प्रकाशनसमेत शुरु गरेको छ ।

बिर्तामोडमा कार्यालय खोलेर व्यवस्थित रुपमा इटाइम्स नेपाल डट कम अनलाइन प्रकाशित गर्दै आएको सो संचार समूहले इटाइम्स नेपाल नामक मासिक पत्रिकाको सह— प्रकाशन थालेको हो । जसको पहिलो अंक बजारमा आएको छ । बिएण्डबि मिडिया प्रालिको अध्यक्षमा नरेश चुडाल रहेका छन् । संचार क्षेत्रमा नयाँ प्रवेश गरेको आफूहरुको समूहले सही सूचना र समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गर्ने उद्धेश्य लिएको प्रबन्ध निर्देशक सुवाष गौतमले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्