बिर्तामोड , कात्तिक २९ । झापाको बिर्तामोडमा सामुदायिक कुकुरहरुलाई घाटीमा बेल्ट लगाउन थालिएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2020/11/dog-576x1024.jpg)
सामुदायिक कुकुरका लागि काम गर्दै आएका युवाहरुले सामुदायिक कुकुरहरुलाई घाटीमा बेल्ट लगाइदिन थालेका हुन् । घाटीमा लगाइदिएको त्यस चम्किलो बेल्टले उनीहरुलाई राति गाडी दुर्घटना हुनबाट जोगाउने भएको छ । घाटीको बेल्ट चम्किएपछि सवारी चालकले सजिलै देख्न सक्ने र दुर्घटना कम हुने भएको हो । लकडाउनका बेला बिर्तामोड ३ बिर्ताबजारका निमेश शिवाकोटी लगायतका युवाहरुले सामुदायिक कुकुरहरुलाई खाना पकाएर खुवाएका थिए । त्यसका लागि बिर्तामोड नगरपालिकाले चामल सहयोग गरेको थियो ।