दमक, कार्तिक २९ । दमक नगरपालिका वडा नम्बर १० को वडा कार्यालय भवनको शनिवार शिलान्यास गरिएको छ ।

भवनको एक कार्यक्रमका बीच दमक नगर प्रमुख रोमनाथ ओलीले शिलान्यास गरे । उनले नगरपालिकाको १० वटा वडाहरु मध्ये चालु आर्थिक वर्षको समपुरक अनुदान अन्तर्गत तीनै तहका सरकारको आर्थिक सहयोगमा ६ वटा वडा कार्यालय भवन निर्माण हुने क्रममा रहेको जानकारी दिए । ती सवै भवनको कुल लगानी रु ३ करोड १९ लाख रहेको छ ।
सार्वजनिक शौचालय र पार्किङसहितको ५ कोठाको एकतले पक्की भवन निर्माण हुने वडाध्यक्ष बोधराज न्यौपानेले जानकारी दिए । भवन निर्माणका लागि स्थानीयले ९ कठ्ठा ६ धुर जग्गा निःशुल्क प्रदान गरेको वडाध्यक्ष न्यौपानेले बताए ।

उहाँका अनुसार भवन निर्माणका लागि स्थानीय वडा सदस्य समेत रहेका बालकृष्ण खनालले १ कठ्ठा १० धुर, गंगा भण्डारीले १ कठ्ठा १२ धुर, तारा भण्डारीले एक कठ्ठा, भक्तिमाया भण्डारीले २ कठ्ठा, रामनाथ खनाल र इन्द्रबहादुर विष्टले १०—१० धुर गरी ७ कठ्ठा चार धुर जग्गा वडा कार्यालयलाई प्रदान गरेका थिए । त्यस्तै होमनाथ भण्डारीको परिवारबाट १ कठ्ठा ४ धुर र स्थानीय सुवेदी परिवारबाट २ कठ्ठा चार धुर जग्गा प्राप्त हुने क्रममा रहेको छ ।

यसवर्ष दमकको २, ३, ४, ८, ९ र १० का वडा कार्यालय भवन बनिने छन् । ती सवै वडा कार्यालयहरुको भवन निर्माणको जिम्मा माङसुवा प्रबिण जेभीले पाएको र समयमै काम सम्पन्न गरिने निर्माण व्यवसायी मोहन अधिकारीले बताए । भवनको काम १६ महिनामा सम्पन्न हुने संझौतामा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्