झापा , कात्तिक २९ । झापाको गौरादहमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह ४ का ८५ वर्षिय दिलबहादुर भुजेल रहेका छन् । उनको आज बिहान ४ बजेतिर विराटनगरको न्युरो हस्पिटलमा मृत्यु भएको हो । ती बृद्धलाई कात्तिक २५ गते सोही हस्पिटलमा संक्रमण पुष्टि भएको थियो । उनको लाश ल्याएर नेपाली सेनाले अहिले कनकाई माईमा अन्त्येष्टि गरिरहेको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए । योसँगै गौरादहमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या एक महिलासहित १० पुगेको छ भने जिल्लामा ७८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्