बिर्तामोड ,कात्तिक २९ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती मनाइएको छ ।

साहित्य चौतारी झापाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजारमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमामा माल्यार्पण गरी महाकवि देवकोटाप्रति श्रद्धा प्रकट गरेको हो ।

साहित्य चौतारी झापाका कोषाध्यक्ष भवानीप्रसाद गौतम , बरिष्ठ सल्लाहकार कृष्ण पौडेल , संस्थापक सल्लाहकार कृष्ण धरावासी , साहित्य चौतारी झापाका सम्मानित व्यक्तित्व कुमार भट्टराई , गायक हरि काफ्ले लगायतले महाकवि देवकोटाको प्रतिमामा माल्यार्पण गरी महाकवि देवकोटाप्रति श्रद्धा प्रकट गरेका थिए ।

सोही कार्यक्रममा शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि खनाल , अर्जुनधारा नगरपालिका शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदी , ज्येष्ठ नागरिक मिलन समाजका पदाधिकारीलगायतले महाकवि देवकोटाको प्रतिमामा माल्यार्पण गरी महाकवि देवकोटाप्रति श्रद्धा प्रकट गरेका थिए ।
यस वर्ष कोरोना संक्रमणको त्रासका कारण महाकवि देवकोटाको प्रतिमामा माल्यार्पण गरी महाकवि देवकोटाप्रति श्रद्धा प्रकट गरिएको साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्