कुमरखोद , कात्तिक २९ । झापा गाउँपालिकामा कार्यरत ११ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

एकजना महिला कर्मचारीमा कात्तिक २६ गते कोरोना पुष्टि भएपछि ४६ जनाको स्वाव संकलन गरी पिसिआर चेकजाँच गर्दा आज थप ११ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको हो । ११ जना कर्मचारीमध्ये स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्मा पनि कोरोना संक्रमित भएका छन् । झापा गाउँपालिकामा कात्र्तिक २६ गते एक जना महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ३ दिनको लागि गाउँपालिका र मातहतका कार्यालयहरुलाई बन्द गरिएको थियो ।

स्वास्थ्य प्रमुखले जानकारी गराएअनुसार जनप्रतिनिधि र कर्मचारी गरी ४६ जनाको स्वाव संकलन गर्दा ३५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ११ जनाको पोजेटिभ देखिएको छ । संक्रमितहरु ९ जना पुरुष र २ जना महिला हुन् । हालसम्म झापा गाउँपालिकामा १ हजार ३ सय ६६ जनाको स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा ३१ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी अन्य अस्पतालवाट ९ जनामा कोरोना पुष्टि भएको छ । १३३५ जनामा नेगेटिभ देखिएको स्वास्थ्य प्रमुख विश्वकर्माले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्