झापा, कात्तिक २९ । दमक नगरपालिकाका सर्वाधिक ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सिंगो झापा जिल्लामा दमकका सहित १३२ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये ५३ जना महिला र ७९ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकमा ३१ महिला र ४५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, कनकाईमा ६ महिला र १२ जना पुरुषमा पनि आजै संक्रमण पुष्टि भएको छ । झापा गाउँपालिकामा २ महिला र ९ पुरुष, बिर्तामोडमा ५ महिला, ४ पुरुष, भद्रपुरमा ३ महिला, ३ पुरुष, मेचीनगरमा १ महिला, २ पुरुष, कमलका २ महिला, हल्दिबारीमा १ महिला र १ पुरुष, गौरीगञ्ज, बाह्रदशी र बुद्धशान्ति गाउँपालिकामा १—१ पुरुष तथा अर्जुनधारा र शिवसताक्षीमा १—१ महिलामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्