दमक, कार्तिक २९ । विद्युत सर्ट भई झापाको दमक १ मा रहेको दमक अस्पतालमा आज दिउँसो आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।

दमक अस्पताल जिल्लास्तरीय सरकारी अस्पताल हो । अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा १ करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ । २ बजेदेखि लागेको आगलागीवाट अस्पतालका लागि चाहिने औषधीहरु पूर्ण रुपमा नष्ट भएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. खड्ग लिम्बुले बताए । क्षतिको विवरण संकलन भईरहेको उनले बताए ।

दमक नगरपालिकाका दुईवटा दमकल, अस्पतालका कर्मचारी,प्रहरी तथा स्थानीयहरुको सहयोगवाट करिब आधा घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्