हल्दिबारी , कात्तिक २९ । आइसिडी हल्दिबारी गाउँ कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

चिल्ड्रेन गार्डेन माविमा तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो ।

आइसिडी १ नं प्रदेश सचिव भीष्म पौडेलको प्रमुख आतिथ्य ,झापा जिल्ला समिति आइसिडी सल्लाहकार दुर्गा धमला , १ नं प्रदेश सदस्य रोशन सुवेदीलगायत प्रदेश , जिल्ला र विभिन्न नगर—गाउँपालिकामा नेतृत्व गर्ने नेतृत्वकर्ता , हल्दिबारी आइसिडी गाउँ कमिटीका पदाधिकारी तथा युवा विद्यार्थीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पौडेल , अतिथिहरु दुर्गा धमला , रोशन सुवेदी , बलराम गिरी, हेडम्बर निरौलालगायतले बोलेका थिए । आइसिडी हल्दिबारीका अध्यक्ष अभिषेख खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव विजय राईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्